अज्ञात समूहद्धारा पार्किङ गरिएका रिक्सामा आगजनी


राँझा ।
नेपालगञ्ज उपमहानगरपालिका–१ खजुरा रोडमा पार्किङ गरिएका अटो रिक्सा र एउटा घुम्ती पसलमा गएराति अज्ञात समूहले आगजनी गरेको छ ।

नेपालगञ्जका अब्दुल लतिफ हल्वाइका चार तथा अब्दुल रसिदको एउटा रिक्सामा आगजनी गरिएको हो । अज्ञात समूहले नजीकैको एउटा घुम्ती किराना पसलमासमेत आगजनी गरेको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । घटनाको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापा र वडा नं १ का अध्यक्ष प्रमोद रिजालले स्थलगत निरीक्षण गर्नुभएको छ ।

आगजनीबाट घुम्ती पसलको सामान नष्ट भएको छ । दुई दिनअघि नेपालगञ्जका पत्रकार अर्जुन वलीको घरमै पार्किङ गरी राखिएको मोटरसाइकलमा पनि आगजनी गरिएको थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।