ओबामा र क्लिन्टनको घरमा विष्फोटक पदार्थ !

0
Shares

न्यूयोर्क, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेश मन्त्री हिलारी क्लिन्टनको ठेगानामा बिस्फोटक पदार्थ राखेर पठाइएका पार्सलहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

यो हप्ताको सुरूदेखि नै अमेरिकाका विभिन्न ठाउँमा ‍जाँचका क्रममा त्यस्ता पार्सल भेटिन थालेका थिए। मंगलबार क्लिन्टनको न्यूयोर्कमा रहेको घरको ठेगाना लेखिएको पार्सल भेटिएको थियो भने वासिङ्टनस्थित ओबामाको घरको ठेगाना लेखिएको पार्सल बुधबार भेटिएको थियो। अन्य केही डेमोक्र्याटिक नेताहरूको ठेगानामा पठाइएका ८ वटा त्यस्ता बिस्फोटक पदार्थ रहेका पार्सल प्रहरीले नियन्त्रणमा लिएको हो।
पाइप बम राखिएको पार्सल अमेरिकी टेलिभिजन संस्था ९सिएनएन० न्यूयोर्क ब्यूरो कार्यालयमा पनि पुगेको थियो।

बाँकी पार्सलहरू सम्बन्धित व्यक्तिको ठेगानामा नपुग्दै नियन्त्रणमा लिइएकाले कसैलाई कुनै क्षति भएको छैन।

अमेरिकाको संघीय जाँच ब्युरोले आतंकवादीहरूले बिस्फोटक पदार्थ हालेर पार्सल पठाएको हुन सक्ने भन्दै अनुसन्धान जारी रहेको बताएको छ।

अहिलेसम्म कसैले पनि ती पार्सल पठाएको जिम्मा लिएको छैन।

नोभेम्बर ६ मा संघीय संसदको चुनाव हुन लागेको अमेरिकामा बिस्फोटक पदार्थ भरिएका पार्सल भेटिएपछि राजनीतिक तरंगित भएको छ।
एजेन्सी

Skip This