संघीयता बदनाम गर्न खोजियोः मन्त्री पुन



महेश न्यौपाने, रोल्पा ।
संघीय सरकारका उर्जा सिचाई तथा जलश्रोत मन्त्री वर्षमान पुनले विभिन्न वहानामा संघीयतालाई वदनाम गर्न खोजिएको आरोप लगाएका छन । उक्त कुरा मन्त्री पुनले जिल्ला समन्वय समिति रोल्पाले शनिवार लिवाङमा आयोजना गरेको बार्षिक समीक्षा कार्यक्रममा वताएका हुन ।

लामो संघर्ष र वलिदानीवाट प्राप्त संघीयता माथि नै प्रहार हुने गरि गतिविधि भईरहेको औल्याउदै जनप्रतिनिधिको कामले त्यस्ता गतिविधिलाई निरुत्साहित गर्नु पर्ने मन्त्री पुनको सुझाव थियो । संघीयताको मर्म अनुसार काम गरे मात्रै जनताको मन जित्न सकिन्छ मन्त्री पुनले भने । संघीयता नचाहाने व्यक्ति, समूह र प्रवृद्धी नै अहिले विभिन्न वहानामा संघीयताको विरुद्धमा लागेको मन्त्री पुनको भनाई थियो । संघीयता कार्यान्वयन गर्ने जनप्रतिनिधि र कर्मचारीका कतिपय जानअनजान कामले समेत संघीयता विरोधीलाई वल पुगेको मन्त्री पुनको भनाई थियो ।

नेपालको सन्दर्भमा संघीयता असाध्यै नयाँ प्रयोगमा रहेको वताउदै जति सक्यो धेरै समन्वय र सहभागितामा यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने पुनको सुझाव छ । संघ, प्रदेश र स्थानीय तहका सरकार वीच समन्वय र समझदारी हुन नसके संघीयता कार्यान्वयनमा जटिलता पैदा हुन्छ मन्त्री पुनले भने ।

जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जिल्ला स्तरीय समीक्षा कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलवहादुर केसी, राष्ट्रिय सभाका सांसद मिना वुढा मगर, प्रदेश सांसद दीपेन्द्र पुन मगर लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वोल्ने अन्य वक्ताहरुले करलाई अतिरञ्जीत ढंगले उचालिएको आरोप लगाएका थिए । करलाई मुद्धा वनाएर संघीयता फेल गराउने पक्ष सक्रिय रहेकाले सचेत रहेर कर निर्धारण गर्न स्थानीय सरकारलाई सुझाव समेत दिएका थिए । आफुले तिरेको करले के फाईदा पाए भन्ने जनतामा अनुभूती नहुदा सम्म विरोध आईरहने भएकाले सचेत भएर अघि वढ्न स्थानीय सरकारलाई उनीहरुको सुझाव थियो ।

कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहहरुले अघिल्लो आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र वजेट प्रस्तुतीकरण गरेका थिए । रोल्पामा १ नगरपालिका र ९ गाउँपालिका सहित १० वटा स्थानीय तह रहेका छन । भाद्र ३० र ३१ गते संचालन गरिने कार्यक्रमले अघिल्लो वर्षको सिकाई, असल अभ्यास र चूनौतीको वारे समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको कार्यक्रम वारे पनि साझा वुझाई वनाउन सहयोग गर्ने आयोजकले वताएका छन ।

प्रतिक्रिया दिनुहोस्