म्यानमार: फैसला स्थगित



याँगुन,(एजेन्सी)
म्यान्मारको अल्पमत रोहिंग्याया मुस्लिम समुदायको आम नरसंहारसम्बन्धी समाचार संकलन गर्ने रोयटर्स समाचार संस्थाका दुईजना पत्रकारमाथिको अदालती निर्णय स्थगित गरिएको छ ।

तिनीहरु विरुद्ध म्यान्मारको गोपनीयता सम्बन्धी प्रचलित कानुन उल्लंघनको गरेको अभियोगमा मुद्धा चलाइएको थियो । पूर्व निर्धारित समय तालिका अनुसार रोयटर्सका पत्रकारद्वय ३२ वर्षीय वा लोन र २८ वर्षीय क्या सो ओउको मुद्धाको फैसला सोमवार हुने तय भएको थियो ।

तिनीहरुलाई म्यान्मारको कुख्यात कारगार इन्सेनमा थुनिएको छ । तिनीहरुको रिहाईको माग गर्दै विश्वभरबाट म्यान्मारमाथि दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्