भारत: कट्टरपन्थी बन्दै युवा



नयाँदिल्ली (एजेन्सी)
भारतको द्वन्द्वग्रष्ट राज्य जम्मु काश्मिरमा कट्रपन्थी समुहमा प्रवेश गर्ने स्थानिय युवाको संख्यामा तिब्र बृद्धी भएको छ । गृह मन्त्रालयले यसै बर्ष जुलाई ३१ सम्मको जारी आंकडामा उक्त तथ्य उल्लेख गरिएको छ ।

सन् २०१० पछि यो बर्ष सबैभन्दा धेरै करिब १ सय ३० स्थानिय युवा विभिन्न कट्टरपन्थी संगठनमा गएका हुन् । यसमा धेरै जसो युवक अलकायदासँग वैचारिक झुकाव भएका समुहमा प्रवेश गरेका छन् । भारत स्वतन्त्र भएपछि नयाँ दिल्लीमा विलय हुने तात्कालिन राज्य सरकारको निर्णयलाई त्यहाँका मुस्लिम बाहुल्य जनताले विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्