इरान शक्तिशाली भुकम्प



तेहरान (एजेन्सी)
इरानको कर्मानशाह प्रान्तमा आइतबार ५ दशमलव ९ रिक्टर स्केलको भुकम्प आएको छ । भुकम्पका कारण दुई जनाको ज्यान गएको र १ सय भन्द बढी घाइते भएको बताइएको छ । भुकम्पको केन्द्र तजेहाबाद सहरबाट ९ किलोमिटर र जावनरुड सहरबाट ३० किलोमिटर दुरीमा रहेको अमेरिकी भुगर्भ सर्वेक्षणले जनाएको छ । ती दुबै ससहर इरान र इराक सीमा नजिकै पर्छन ।

भुकम्प करिब १० किलोमिटरको गहिराइमा आएको बताइएको छ । भुकम्प प्रभावित इलाकामा ५ उद्धार तथा राहत टोली पठाइएको आपतकालिन तथा प्राकृतिक विपत्ती निकायले जानकारी दिएको ।

प्रतिक्रिया दिनुहोस्