डुङ्गा डुब्दा बेपत्ताका परिवारलाई १० लाख क्षतिपूर्ति


काठमाडौँ ।
प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये तीन जना बेपत्ता छन् । लालबकैयामा अझैसम्म पुल निर्माण हुनसकेको छैन । सो शिलान्यास २०७० सालमा भइसकेको छ ।

त्यसैगरी नेकपाका भीमबहादुर रावलले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकमा केही दिन पहिले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको निन्दा गर्दै घटनाको उचित अनुसन्धान र छानबिन गरी हत्यारालाई कानूनको कठघरामा ल्याउनुपर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।