श्रीलका: चुरोट विक्री वहिस्कार



कोलोम्बो (एजेन्सी)
श्रीलंकाको स्वास्थ्य मन्त्रालयले बुधबार देशको १ सय भन्दा धेरै सहरमा चुरोटको विक्री बहिस्कार गरेको जनाएको छ । देशलाई सुर्तीजन्य पदार्थ सेवनबाट मुक्त बनाउन उक्त कदम चालेको बताइएको छ । हेल्थ इन्स्पेक्टर्स युनियनले देशभरी धुम्रपानको दुस्प्रभावका बारेमा स्थानियलाई शिक्षित बनाउन कयौं कार्यक्रम शुरु गरेको मन्त्रालयले जनाएको छ । यसको परिणामस्वरुप कयौं सहरका पसल तथा ब्यापारीहरुले चुरोट बेच्न बन्द गरेको छ । जाफ्नाका २२ सहर, मताराका १७ सहर र कुरुनेगलाका १६ सहर लगायत अन्य सहर पनि चुरोट बिक्री बहिस्कारमा सहभागी भएको सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्