युगान्डा: राष्ट्रघातीको आरोप



आरुवा,(एजेन्सी)
युगान्डाका विधायक तथा पप स्टार बोबी वाइन माथि बिहिवार सरकारी अदालतले राष्ट्रघाटीको अभियोग लगाएको छ । सैनिक अदालतले सफाइ दिए लगत्तै सरकारी अदालतले यो कदम चालेको हो ।

असली नाम रोवर्ट क्यागुलान्यी रहेका बोबीलाई मुक्त गरिए लगत्तै पुन पक्राउ गरिएको हो । उनका वकिलले उनलाई हिरासतमा यातना दिइएको आरोप लगाएका छन् । तर सेना तथा राष्ट्रपति योवेरी मुसेभेनीले सो आरोप अस्विकार गरेका छन् । गत साता उत्तर पश्चिमी शहर आरुवामा उप चुनाव हुनु अघि उनलाई हिरासतमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्