भारत: हिन्दुलाई मस्जिदमा सरण



तिरुवन्तपुरम (एजेन्सी)
भारतको केरलमा लगातार बर्षाका कारण आएको भिषण बाढीले धर्म र जातिय अन्तर समाप्त पारेको छ । एक मस्जिदले हिन्दु सहित सबै धर्मका वादी पिडितहरुका लागि ढोका खुल्ला गरिदिएको छ ।

वाढको संकटको अवस्थामा सबैभन्दा प्रभावित जिलामध्यमा पर्ने उत्तरी मुलप्पुरम स्थित एक मस्जिदले १७ विस्थापित हिन्दु परिवारलाई सरण दिएको छ । चलियार गाउको अकमपाडम स्थित जुमा मस्जिद अगस्ट ८ देखि आएको वादीका कारण राहत सिविरमा परिणत भएको छ । मस्जिदमा सरण लिएर बसेकाहरुलाइ क्यान्टिनबाट तयारी खान दिनेको गरेको । घर फर्कनेहरुलाई दाल, चामल र अन्य खाद्य सामाग्रि समेत दिएर पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्