भेनेजुयला: शक्तिशाली भुकम्प



 

काराकास (एजेन्सी)
भेनेजुयलाको तटिय इलाकामा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । राजधानी काराकासमा पनि उक्त धक्का महसुस गरिएको र त्यहाँका घरबाट मान्छेहरुलाई बाहिर निकालिएको बताइएको छ ।

भुकम्पको धक्का देशको प्राय सबै ठाउँमा महसुस गरिएको गृहमन्त्री नेस्टर रेवेरोलले जानकारी दिए । तर भुकम्पका कारण कुनै प्रकारको जनधनको क्षति भएको समाचार आएको छैन । अमेरिकी भुगर्भ सर्वेक्षणले भुकम्पको तिब्रता ७ दशमलव ३ म्याग्निच्युड मापन गरिएको जनाएको छ । भुकम्पको केन्द्रबिन्दु त्रिनिदाद र टोबागो नजिक रहेकोका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्