यमन: बम निर्माता मारिए



साना,(एजेन्सी)
अमेरिकी अधिकारीहरुले अरवी क्षेत्रमा अन्तर्राष्ट्रिय लडाकु समुह अल कायदाका आशंकित प्रमुख बम निर्माता इव्राहिम अल – आसिरी मारिएको मंगलवार दावी गरेका छन् । विभिन्न विश्वस्त सुत्रहरुलाई उदरित गर्दै अमेरिकी संचार माध्यमले गत वर्ष यमनमा एउटा अमेरिकी ड्रोन विमान हमलामा साउदी लडाकु आसिरी मारिएको जनाएको छ ।

उनी माथि सन् २००९ का ेअन्डरवियर बम काण्ड र सन् २०१० मा मालवाहक विमानहरुमा भेटिएका बमकालागि दोषि रहेको आरोप लगाइएको छ । उनले ल्यापटप वा ट्याव्लेट मार्फत अमेरिकामा बम आक्रमण गर्ने योजना बनाइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्