इटाली: पर्वतारोहीको मृत्यु



मिलान,(एजेन्सी)
दक्षिणी इटालीमा आएको भयानक बाढी पहिरोको कारण कम्तिमा एघारजना पर्वतारोहीको ज्यान जानुका साथै अन्य केहि हराइरहेको मंगलवार प्रहरीले जनाएको छ । क्यालाव्रिया क्षेत्रको एउटा राष्ट्रिय निकुन्जको एक खोँचमा हिंडिरहेकोबेला एक्कासी तिनीहरु भिषण वर्षाको चपेटामा परेका थिए ।

एकजना दस वर्षिय बालक लगायत अन्य अठार जनालाई उद्दार गरिएको नागरिक रक्षा विभागका क्षेत्रिय अध्यक्षले इटालियन टेलिभिजन बताएका छन् । अन्य छ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । स्थानिय अधिकारीहरुले वेपत्ता भएकाहरुको यकिन संख्या थाहा हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्