चीन: मलेसियाले हात झिके



बेइजिङ (एजेन्सी)
चीनका राष्टपति सी जिनपिंगको महत्वाकांक्षी बेल्ट रोड इनिसिएटिभ परियोजनाबाट मलेसियाले आफनो कदम फिर्ता लिएको छ । आफनो चीन भ्रमणको अन्तिम दिन मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त जानकारी दिएका हो । चीनका राष्ट्रपति र प्रधानमन्त्री दुबैले उनको उक्त निर्णयलाई स्विकार गरेको महाथिरले बताए ।

यस परियोजनामा पुर्वी तटिय रेल लिंकमा २२ अर्ब र उर्जा पाइपलाइन विछ्याउने २ वटा परियोजनामा २ अर्ब ३० करोड चीनले लगानी गर्ने यसअघिको सरकारसँग सम्झौता भएको थियो । महाथिर सत्तामा आएपछि नै उक्त परियोजना स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्