राष्ट्रपति भण्डारीद्वारा विज्ञ नियुक्त


काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृति तथा राष्ट्रिय सुरक्षाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी दुई विज्ञ नियुक्त गर्नुभएको छ ।

नेपाली कला तथा संस्कृति, भाषा, साहित्य, इतिहास, पुरातत्व र सांस्कृतिक सम्पदाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा कास्की जिल्ला पोखरा महानगरपालिका–७ निवासी माधव शर्मालाई नियुक्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय सुरक्षा, प्राकृतिक सम्पदा र वातावरणसम्बन्धी क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा रथी नेत्रबहादुर थापा ९अ।प्रा० लाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।