बेवारिसे शवको पहिचान हुन सकेन


विनोद सिंह विष्ट, बैतडी ।
दार्चुलाको नौगाड गाउँपालिका ६ नौगाडखोलामा भेट्टिएको बेवारिसे शवको पहिचान हुन सकेको छैन् ।
आईतवार फेला परेको अन्दाजी १७ बर्षीया किशोरीको शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।
स्थानियले खोलामा किशोरीको शव देखेपछी प्रहरीलाई खबर गरेको र त्यपश्चात गएराती प्रहरीको टोली घटनास्थल पुगेको थियो । शव सड्न लागेको अवस्थामा छ प्रहरी निरीक्षक बोगटीले भने“टाउकोमा चोट र फुटेको , कपाल झरेको , शव चिन्न नसकिने अवस्थामा रहेको छ”
शवको प्रकृति हेर्दा एक हप्ता अगाडी मृत्यु भएको हुनसक्ने उनले बताए । अहिले शवलाई गोकुलेश्वर अस्पतालमा राखिएको छ ।घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।