सीमाक्षेत्रबाट झण्डै ४० हजारको अबैध सामान बरामद



सीताराम चौधरी, कपिलवस्तु ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले ३८ हजार ७सय ९० मूल्य बराबरको अबैध सामान सीमाक्षेत्रबाट पक्राउ गरेको छ । प्रहरीको गस्ती टोलीले भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गर्दा कृष्णनगर १, कुकुरभुकुवाबाट सामान बरामद गरेको हो ।
प्रहरीको गस्ती टोलीलाई देखी सामान छाडेर तस्कर भागेपछि बेवारिसे अवस्थाबाट प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो । प्रहरीले १५ हजार मूल्य बराबरको २५० किलो केराउ, १८हजार ७५० मूल्य बराबरको २५० किलो केराउको दाल र ५हजार ४० रुपैयाँ बराबरको २८० किलो यूरिया मल बरामद गरेको प्रहरी निरीक्षक बोगटीले जनाउनुभयो । बरामद गरिएका अबैध सामान आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्