चार बुँदे सहमति पछि तामाकोसी आयोजनाको अवरोध हट्यो



चिरञ्जीवी मास्के, दोलखा ।
चार बुँदे सहमति पछि माथिल्लो तामाकोसी आयोजनाको अवरोध हटेको छ । सिनो हाईड्रोले विरामी बोक्न एम्बुलेन्स नदिएको विरोधमा स्थानियले शनिवार बेलुका (हिजो बेलुका) आयोजनाको हेडवक्सको काममा अवरोध गरेका थिए ।
आँखामा चोट लागेको स्थानिय एकजनालाई स्वास्थ्य संस्थामा लान सिनो हाईड्रोसंग एम्बुलेन्स मागेको तर सिनोहाईड्रोले एम्बुलेन्स बिग्रीएको भन्दै नदिएको विरोधमा स्थानियले काममा अवरोध गरेका थिए । आईतवार (आज) विगु गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष हिरण्य गुरुङ, जनपथ प्रहरीका निरीक्षक, शसस्त्र प्रहरीका डिएसपी लगाएतको उपस्थितिमा भएको वार्तामा स्थानियको लागि आयोजनाले खेल मैदान निर्माण गरिदिने, स्थानिय विरामी भएको बेला एम्बुलेन्स उपलब्ध गराउने र एम्बुलेन्स नभएको अवस्थामा अन्य गाडी नै भएपनि उपलब्ध गराउने लगाएतको चार बुँदे सहमति भएपछि अवरोध हटेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले पनि आपसी सहमति पछि आयोजनाको काम निर्वाध रुपमा सञ्चालन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्