नारायणी नदीमा एक किशोर बेपत्ता


चितवन ।
नारायणी नदीमा पौंडी खेल्दा बगेर एक किशोर बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–१६ शरणपुर स्थित गणेश मन्दिर क्षेत्रमा पर्ने नारायणी किनारमा शनिबार दिउँसो पौडी खेल्न गएका स्थानीय १६ वर्षीय सुजित भुजेललाई नारायणीले बगाएको हो । साथीसँग पौडी खेल्न गएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।