बेलायत: बुद्धको मुर्ति फिर्ता



लन्डन (एजेन्सी)
भारतको स्वतन्त्रता दिवश समारोहमा लन्डन मेट्रोपोलिटन प्रहरीको तर्फबाट एक महत्वपुर्ण उपहार दिए । विहारको नालन्दाको एक संग्रहालयबाट करिब ६० बर्ष अगाडी चोरी भएको बुद्धको १२ सताब्दीको एक काँस मुर्ति लन्डन प्रहरीले भारतलाइ फिर्ता गरेको हो । चाँदी लेपन गरिरहेको उक्त काँसको मुर्ति सन् १९६१ मा नालन्दा स्थित भारतिय पुरातत्व सर्वेक्षण संस्थानको एक संग्रहालयबाट चोरी भएका १४ मुर्ति मध्यको एक हो ।

मेट्रोपोलिटन प्रहरी अनुसार डिलर तथा मालिकलाई उक्त मुर्ति भारतबाट चोरी भएको बताएपछि उनीहरुले कला तथा पुरातत्व इकाईलाई सहयोग गरेका थिए र त्यसलाई भारत फिर्ता गर्न सहमत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्