दुई दिनअघि बेपत्ता भएका १६ वर्षिय किशोरको शव फेला


मोरङ ।
मोरङ र सुनसरी जिल्लाको सिमानामा पर्ने केसलिया खोलामा डुबेर दुई दिनअघि बेपत्ता भएका एक किशोरको शव आज दिउँसो फेला परेको छ ।

मङ्गलबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको दुहवी नगरपालिका घर भई विराटनगर महानगरपालिका–१ मा बस्दै आएका १६ वर्षीय सजेश रौनियारको शव फेला परेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा रौनियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रबक्ता निशान थापाले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।