लागूऔषध गाँजा सहित पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं मुलपानी बस्ने १७ वर्षीय लिला बिसुङ्खेलाई अवैध लागूऔषध गाँजा साढे २ किलो सहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगामा खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौं आँउदै गरेको बा.४ ख ३४६५ नम्बरको बसलाई आइतबार चेक गर्दा बिसुङ्खेले झोलामा लुकाई छिपाई ल्याएको उक्त गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।