ह्दयविदारक फोटो अफ द इयर घोषित


नेपाल समाचारपत्र
काठमाडौं
फोटो पत्रकार क्लबको आयोजनामा भएको आईएमई–ग्लोबल–आईएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष खिचेको सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालक कमल सदालाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो अफ द इयर घोषित भएको हो ।

यस्तै दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जितेको छ भने ‘आईएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारेकी छिन् । यस्तै अंगद् ढकालले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एन्ड वाइल्डलाइफमा श्रीराम खत्री र एक्सपरेन्स नेपाल कल्चर एन्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारेका छन्। यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जितेका छन् भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भएको छ ।

वल्र्ड प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान, वरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, वरिष्ठ फोटोग्राफर मणि लामा, काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निर्वतमान अध्यक्ष प्रकास माथेमा रहेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।