पुन नेतृत्वको प्यानल सार्वजनिक



धनवीर दाहाल, रुकुम पश्चिम
रुकुम उद्योग वाणिज्य संघको निर्वाचनका लागि राजनकुमार पुन नेतृत्वको प्यानल घोषणा भएको छ । यही असार २२ गते उद्घाटन हुने अधिवेशनका लागि पुनको प्यानलबाट प्रथम उपाध्यक्षमा कर्णबहादुर ओली, द्धितिय उपाध्यक्षमा तुलसी बुढाथोकी र महासचिवमा धनबहाुदर खड्का बसन्त छन् । यसैगरी सचिवमा शुशिल गौतम, कोषाध्यक्षमा दिलिप थापाले पुनको प्यानलबाट उम्मेदवारी दिने भएका छन् ।

उक्त प्यानलको सदस्यमा चन्द्रीका महतरा, प्रेम केसी, लोकेन्द्र केसी, तिलक खड्का, लालबीर बोहरा, धनबहादुर ओली, कमानसिङ ओली, बालाराम खड्का, रुपलाल विष्ट, चक्रबहादुर केसी र नरेन्द्र रोकाय छन् । पुन रुकुम उद्योग वाणिज्य संघको वर्तमान कार्य समितिका कोषाध्यक्ष हुन् । रुकुम जिल्लाका व्यापारी तथा व्यवसायीको हकहितको निम्ती आफूले रुकुम उद्योग वाणिज्य संघको नेतृत्वमा दावी गरेको पुनले बताए ।

पुनको प्यानलले प्रचार प्रसारका कामलाई तीब्र पारेको जनाएको छ । विभिन्न बजार क्षेत्रमा प्रतिनिधिमुलक ढंगबाट खटिएर प्रचार प्रसार जारी रहेको महासचिवका उम्मेदवार धनबहादुर खड्का बसन्तले बताए । हामीे प्रचार प्रसारमा छौं, उनले भने, समग्र व्यवसायीको हित र सुरक्षा हाम्रो मुख्य एजेण्डा हुनेछ ।

रुकुम उद्योग वाणिज्य संघको निर्वाचनको लागि नवराज गिरीको अर्को प्यानल पनि प्रचार प्रसारमा रहेको छ । यही २२ गते उद्घाटन भै २४ गते मतदान हुने निर्वाचनमा राजनकुमार पुन र नवराज गिरी प्यानलबीच मात्रै प्रतिसप्रधा हुने देखिन्छ । रुकुम उद्योग वाणिज्य संघको निर्वाचका लागि जिल्लाभर एक हजार दुई सय ७४ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्