बर्षा नहुँदा गर्मी बढ्ने


काठमाडौं, (नेस)
मनसुन अझै केही दिन कमजोर बन्ने भएको छ । गत जेठ २५ गते भित्रिएको यस वर्षको मनसुन मुलुकभर फैलिन अझै समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको बलियो प्रभावका कारण मनसुन अझै ३/४ दिनसम्म कमजोर रहने महाशाखाको ठहर छ । वर्षा नहुँदा पूर्वदेखि पश्चिम तराईका अधिकांश भेगको तापक्रम वृद्धि भएर गर्मी बढ्ने जनाउँदै महाशाखाले बुधवार विशेष बुलेटिन जारी गरेको छ ।

‘वर्षा शुरु नभएसम्म तत्काल तापक्रममा सुधार आउने संकेत छैन, महाशाखाका एक मौसमविद्ले नेपाल समाचारपत्रसँग भने–‘यो हप्ता मनसुन सक्रिय हुने छाटकाँट छैन ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।