बालिका बलात्कारीलाई १५ वर्ष कैद



सीताराम अधिकारी, धादिङ ।
जिल्ला अदालतले अदालतमा मुद्दा दर्ता भएको १३ दिनमै जबरजस्ती करणी र हाडनाता करणीको मुद्दाको फैसला गर्दै पीडितलाई न्याय दिएको जनाएको छ ।

सोमबार जिल्ला अदालतले एक गर्भवती १५ वर्षीया बालिका जबरजस्ती करणी गर्ने बेनिघाट रोराङ गाउँपालिका–५ का २० वर्षीय कपिल सुनार विकलाई १५ वर्ष कैद गरि अभियुक्तबाट २५ हजार क्षतिपूर्ति भराउन आदेश गर्दै फैसला गरेको छ ।

अभियुक्त विकलाई जबरजस्ती करणीमा ७ वर्ष, गर्भवतीलाई करणी गरेकोमा थप ५ वर्ष र तीनपुस्ता भित्रको हाडनातामा करणी गरेकोमा थप ३ वर्ष सजाय सुनाएको हो ।

अभियुक्त विकलाई १५ वर्ष कैद गर्दै क्षति पूर्ति दिन आदेश गरिएसंगै महिला तथा बालबालिका कार्यालयलाई २ लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन जिल्ला न्यायधिस उमेश कोइरालाको इजलासले आदेश गरेको छ ।

अभियुक्त विकले २०७४ चैत २५ पछिल्लो ३ पुस्ता भित्रको १५ वर्षीया उक बालिका बलात्कार गरेपछि प्रहरीले उाहेरीको आधारमा जेठ १ गते गिरफ्तार गरेको थियो । बालिकाको पेटमा बच्चा भएको र बच्चा भएको अबस्थामा समेत बलात्कार गरेको प्रमाणित भएको छ ।

जिल्ला अदालतमा २०७५ जेठ २२ गते दर्ता भएको मुद्दा निरन्तर सुनुवाइ गरि १३ दिनपछि असार ४ गते फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार उदयराज काफ्लेले बताउनुभयो ।

पीडितलाई क्षतिपूर्ति भराउन र न्याय दिलाउनका लागि मुद्दाको फैसला समेत मुद्दाको फैसला भएकै दिन तयार भएको छ । सहायक जिल्ला न्यायभिवक्ता महेन्द्रप्रसाद पौड्याल र अधिवक्ता रामचन्द्र भट्टले बहस गर्नुभएको थियो ।

पीडितपक्षलाई न्यायको अनभूतिहुनेगरि अपराधीले अपराधीले पीडितलाई अत्यावस्यक क्षतिपूर्ति तिर्न नसक्ने अबस्थामा राज्य नै अभिभावक भएकोले महिला तथा बालबालिका कार्यालयबाट क्षतिपूर्ति भराउन आदेश गरिएको सहायक जिल्ला न्यायधिवक्ता पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्