लुटपाट तथा चोरीमा संलग्न ३ पक्राउ


भक्तपुर,(नेस)
प्रहरीले लुटपाट तथा चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गत फागुनमा भक्तपुको सूर्यबिनायकमा पेस्तोल देखाई लुटपाट गरी भाग्ने लुटेरा समूहका २ जना पक्राउ गरेको हो ।

प्रहरीले रामेछापका टोकल भन्ने रोहितबहादुर थापा मगर र सिन्धुपाल्चोकका अदिप भन्ने टोकलबहादुर तामाङलाई काठमाडौंबाट पक्राउ गरेको महाशाखाका प्रहरी निरीक्षक भरत थापाले बताउनुभयो ।मध्यराती रामबहादुर तामाङको डेराभित्र प्रबेश गरेका उनीहरुले १६ लाख ७ सय ९० रुपैयाँ बराबरको धनमाल डकैती गरेका थिए ।

यसैगरी उपत्यकाका बिभिन्न स्थानमा मोटरसाईकल चोरी कार्यमा संलग्न बर्ष ३५ को लाल बहादुर थापा मगरलाई महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेबाट पक्राउ गरेको छ ।पक्राउ परेका लालबहादुरलाई जिल्ला अदालत काठमाण्डौ पठाईएको प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।