माइक्रो र ट्रक एक आपसमा ठक्कर खांदा ३ को मृत्यु, ७ घाईते


काठमाडौ । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा आज बिहान माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना गम्भिर घाईते भएका छन् ।

काठमाडौंबाट नारायणगढ जादै गरेको ना६ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं आउदै गरेको ग१ख ७६९२ नम्बरको माईक्रो बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

घाईतेलाई भरतपुरतर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक सडकबाट ५० मिटर तल खसेको छ । विहान ७ः२० मा भएको सो दुर्घटनामा परि ट्रक र माईक्रोका चालक सामान्य घाईते भएका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।