राससको अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’ नियुक्त


काठमाडौँ । सरकारले राष्ट्रिय समाचार समिति राससको कार्यकारी अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’लाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले श्यामललाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

निरङ्कुश पञ्चायतकालमा तीसको दसकतिर गोविन्द वियोगीको “मातृभूमि” पत्रिकामा लुकीलुकी पत्रकारिता शुरु गरेका सशक्त एवं अग्रज कलमजीवी श्यामलको नेतृत्वले राससले गति लिने धेरैले अपेक्षा गरेका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।