नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्द्र विष्ट नियुक्त


काठमाडौँ । सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्दै विष्टलाई नियुक्त गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा विष्टलाई टेलिभिजनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूलार्इ जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बस्कोटाले विष्टलार्इ अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए । विष्ट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन । विष्ट इमेज टेलभिजनको समाचार प्रमुख समेत रहेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।