कार्यकारी राष्ट्रपतीय प्रणाली कांग्रेसलाई मान्य हुँदैनः कोइराला



विराटनगर (नेस)
प्रणाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

प्रेस युनियन मोरङले विराटनगरमा बुधबार गरेको पत्रकार सम्मेलनमा कोइरालाले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने प्रस्ट पारे ।

“एउटा महाराजालाई अर्को महाराजा स्थापित गर्ने पक्षमा कांग्रेस छैन,” उनले भने, “प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश हुने सम्भावना रहन्छ ।

अब नेपाली जनता कुनै पनि किसिमको निरंकुशता स्वीकार्ने पक्षमा छैनन् ।” बहुजाति, बहुभाषिक भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति नमिल्ने र जनताले पनि त्यसलाई नस्वीकार्ने उनको भनाइ थियो ।

नेता कोइरालाले आगामी ५ वर्षसम्म कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गरे । कांग्रेस प्रतिपक्षमा बसे पनि विकास र समृद्धिको एजेण्डामा भने पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने उनले बताए । “तर, यो सरकारले विकास गर्छ जस्तो छैन, स्वच्छाचारी ढंगबाट अगाडि बढिरहेको छ,” उनले भने, “मन्त्रीहरू अनुगमनमा हिंड्ने होइन । उनीहरूले त पोलिसी बनाउने हो । एउटा कर्मचारीले गर्ने काम मन्त्रीले गर्दै हिंडेपछि देशको विकास हुन्छ भन्ने मलाई चाहिं विश्वास छैन ।”
सरकारको विरुद्धमा आन्दोलन गर्ने बेला अहिले नआएको बताए । सरकारले न्यायालयलाई हस्तक्षेप गर्न खोजेको, मुलुकमा दण्डहीनता बढेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एक भएर खबरदारी गर्नुपर्नेमा जोड दिए । “सरकार न्यायालयलाई समेत नियन्त्रण गर्नेतर्फ लागेको छ,” कोइरालाले भने, “बालकृष्ण ढुंगेल प्रकरणले पनि यसको पुष्टि भइसकेको छ ।”

काग्रेस नेता कोइरालाले गुट–उपगुटका कारण पार्टी कमजोर बन्दै गएकाले कांग्रेसमा एकता आवश्यक रहेको बताए । आपसी लडाइँका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले तुरुन्त महाधिवेशन बोलाएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्