प्रदेशको स्थायी राजधानी नुवाकोटको हुनुपपर्ने



विदुर (नेस)
तीन नम्बरको राजधानीको सम्भाव्यता अध्यायन गर्नको लागि नुवाकोट आएको प्रदेश नं ३ को टोलीले आज नुवाकोटबाट प्रदेशसिभामा प्रतिनिधित्व गर्ने सांसद र नुवाकोटका राजनितिकि दलका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

प्रदेश नम्बर ३ को संसदिय सचिबालयमा नुवाकोटलार्य प्रदेशको केन्द्र तोक्नको लागी प्रस्ताब पेस भएकाले संसदिय समितिले नुवाकोटको संभाब्यता अध्यन गरेको हो । नुवाकोटमा रहेका भौतिक संरचना, सार्बजानिक जग्गाहरुको अबस्था लगायतको बारेमा राजधानी ब्यबस्थापन समितिले अध्यन गरेको छ ।

भौतिक सरचनाहरुको अबलोकन पस्चात जिल्ला समन्वय समितिले आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजधानि संभाब्यता अध्यन समितिका संयोजक दिपक निरौलाले प्रदेशको राजधानी तोक्नको लागी आबाश्यक पुर्बाधार प्रस्ताब पेस भएका सबै जिल्लाहरुमा रहेको बताए । नुवाकोट एतिहाँसिक पृष्ठ भुमि बामेकेको सामरीक जिल्ला भएता पनी भोलीको भबिष्य उज्वल बनाउनको लागी प्रदेशको राजधानी प्रदेश सभाको बहुमतले तोक्ने बताए ।

छलफलको क्रममा नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं १ का सांसद नारायण प्रसाद खतिवडाले नुवाकोट ७६ जिल्लाभन्दा अलग रहेको र जल जमिनको हिसाबले अलग्गै रहेको भन्दै नुवाकोट प्रदेश नं ३ को लागि उपयुत्त रहेको बताउनुभयो ।

खतिवडाले नुवाकोटमा खाद्यान्न र पानी र भवनको अभाव नभएको भन्दै राधजानीको लागि उपयुत्त रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले प्रदेशको राजधानी तोक्नको लागी राजनितिक सहमती आबाश्यक पर्ने बताए । हाललाई अस्थाई मुकाम तोकिएको सहित ५ वटा जिल्लाले राजधानी तोकिनु पर्ने प्रस्ताब सचिबालयमा पेस भएको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य केशब पाण्डेले नुवाकोटमा केन्द्रिय कारागार, तेल भण्डारण केन्द्र, रेलको संभाबना, सुरुङ मार्ग, त्रिदेशिय मार्ग लगायत सम्बृद्धिको आधार रहेको बताए । प्रदेशको राजधानी नतोकिएता पनी भोलीको दिनमा नुवाकोट प्रदेश नम्बर ३ कै आर्थिक तथा ब्यबसायिक केन्द्रको रुपमा स्थापना हुने बताए । अर्का प्रदेश सभा सदस्य बद्रि मैनालीले संसदिय सचिबालयमा प्रस्ताबको लागी नभई निर्णयको लागी प्रस्ताब दर्ता गराएको बताए । सबै संरचना र आबाश्यक पुर्बधारहरु सहित सचिबालयमा प्रताब पेस भएकाले निर्णय हुन मात्रै बाँकि रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले प्रदेश नम्बर ३ अन्तर्गत पर्ने १३ दवटै जिल्लाको केन्द्र, औधोगिक क्षेत्रलाई आबाश्यक समथर भुभाग, जलश्रोत, बिद्युत लगायतले भरिपुर्ण रहेकाले नुवाकोटलाई प्रदेशको राजधानी तोकिनु पर्ने आधारहरु रहेको बताए । कार्यक्रममा सहभागी भएका सबैले नुवाकोट जिल्ला प्रदेशको राजधानीको उपयुक्त स्थान रहेको बताएका थिए । कार्यक्रममा नुवाकोटको बिगत बर्तमान र भबिक्ष्यलाई समेटिएको बृत्तचित्र समेत प्रदर्शनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्