सूचना तथा प्रबिधि युवा सम्मेलन भोलिदेखि



काठमाडौ (नेस) । प्रथम बिज्ञान, सूचना तथा प्रबिधि युवा सम्मेलन भोलिदेखि राजधानीमा हुने भएको छ ।

राष्ट्रिय युवा परिषदको आयोजनामा हुने सम्मेलनमा बिज्ञान, प्रबिधिको बिकालार्य सहि रुपमा परिचालन गर्न उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो । मुलुकको आर्थिक बिकास र समृद्धीकालागि अवको १० बर्षमा बिज्ञान र प्रबिधि क्षेत्रमा लागनी र त्यसबाट आउन सक्ने परिणामका बारेमा छलफल हुने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाली युवा बैज्ञानिकहरुले बिज्ञान प्रबिधिको क्षेत्रमा गरेको आविस्कार,अनुसन्धान र सोधका बिषयमा छलफल हुने बताइएको छ । सम्ेमलनका १२ वटा बिषयका छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत हुने सम्मेलन आयोजक समितिका संयोजक खिम पन्थीले जानकारी दिनुभयो ।
सम्मेलनमा देशभरका ४ सय भन्दा बढी युवा बैज्ञानिक, अनुसन्धानकर्ता लगायतको सहभागिता रहने भएको छ । सम्मेलनको उद्घाटन प्रधानमनत्री केपी ओलीले गर्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्