सनातन हिन्दुराज्य कायम गर्न माग



काठमाडौं, (नेस) । स्वतन्त्र नागरिक समाजले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्न माग गरेको छ ।
बुधबार स्वतन्त्र नागरिक समाजले पत्रकार सम्मेलन गरी नेपालको राष्ट्रिय पहिचान हराउँदै गएकोले नेपाललाई धर्मसापेक्ष हिन्दुराज्य कायम गर्न सरकारसँग माग गरेको हो । समाजका केन्द्रीय संयोजक हेमविक्रम सिलवालले संविधानमा धर्म निरपेक्षता राखिएकोमा आपत्ति जनाउनुभएको छ ।

‘८० प्रतिशतभन्दा बढी जनताले हिन्दुधर्म मान्छन् यस्तो अवस्थामा नेपाललाई धर्म निरपेक्षता घोषणा गर्न मिल्दैन’ –सिलवालले भन्नुभयो । पत्रकार प्रेम कैदीले धार्मिक रुपमा नेपालमाथि विदेशी आक्रमण गरेको स्थितिमा सरकार चुप लागेको आरोप लगाउनुभयो । समाजका अभियन्ता सूर्य नेपालले नेपाली भाषा, धर्म, संस्कृति संकटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्