सदरमुखकाम बचाँउ अभियान तीव्र गतिमा



(समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही )

ललित सिंह, बझाङ ।
देशका बिभिन्न क्षेत्रमा बाढीले क्षती ग्रस्त र बाढीको उच्च जोखिममा रहेका जिल्ला सदरमुखकाम बचाउ अभियान सुरु भए पछि हिमाली जिल्ला बझाङमा पनि बाढीको उच्च जोखीमा रहेका कारण अहिले सदरमुकाम चैनपुर बचाउ अभियान तट्बन्धनकार्य त्रिब गतिमा भैरहेको छ ।

जलउत्पन्न बिभाग बैतडी प्रमुख रामरथ खरेरको टोली बझाङ्ग सदरमुखकाम चैनपुर बचाउ अभियानको निमार्ण कार्यको अनुगमनमा आउदाँ समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्ने सञ्चारमाध्यममा पत्रकारहरु संग कुरा गदै बताउनु भएको छ ।

गत साल ७२ सालमा बाउली खोलाले चैनपुर जोड्ने झुलुङ्गे पुल बगाउदा केहि महिना आबत जाबत गर्न पनि कठिन हुने गरेको थियो । बाउली खोला र सेती नदिको कटानले बर्षौ पिच्छे जोखिम्मा रहेको सदरमुखकाम बचाउन संघर्ष समिति बनाई अभियान सुरु गरेको चैनपुर बचाउ अभियन संघर्ष समितिका अध्यक्ष धर्मराज रसाईलीले बताए । उनले भने अहिले त यस खोलामा यती धेरै पानी आउन्छ भनेर कोहि पत्याउदैन् तर बर्खाको समयमा एकै घण्टामा सदरमुखकाम चैनपुर हल्लाउने पानी आउन्छ रसाईलीले बताए ।

सदरमुखकाम बचाउ तद्रबन्धन कार्य जिल्लामा लागु भए पछि सहि समयमा टेन्डर भई समय समयमा अनुगमन गरी काम एकदमै छिटो र लाभदायीक युक्त भएकोमा यो जलउत्पन्न बिभागलाई धन्यवाद । जोखिम्मा रहेको सदरमुखकाम चैनपुर अधिराज्य भरीका ५ सात सदरमुदकाम मध्ये एक जोखिम यूक्त सदरमुखकाम हो ।

सो कार्य समयमा टेन्डर खुलाई समयमै सम्मपन्न गरी यसको उचित मुल्याङ्गक पनि राज्यले गनु पने जयपृथ्बी नगरपालिका १० का वडाअध्यक्ष दल बहादुर बिष्टले बताए । उनले भने अन्य बिकासीय योजना नगरपालिका बाट या गाउँपालिका बाट बिनीयोजन हुने अन्य योजनाहरु तोकेको मिति भन्दा केहि समय ढिलै सम्पन्न हुने गर्दछन् । तर यसमा सदरमुखकाम बचाउन सबैले चासो देखाएकै कारण छिटोछरीत्तो रुपमा काम अगाडी बढेको बताए ।

अहिले सदरमुखकाम बचाउ तद्रबन्धन कार्य सेति नदि र बाउली खोलामा क्रमबद्ध चार वटा प्याकेज सम्पन्न भैसकेका छन् । भने ७१ ,७२ साल देखि सदरमुखकाम बचाउँन तद्बन्धन कार्य निमाण भएर अहिले सम्म ७५ प्रतिशत काम फाईनल भइसकेको छ ।

दैबिक प्रकोपबाट सदरमुखकाम बचाउन मद्धत सरकारकै गरु योजना रहेको जलउत्पन्न बिभागका लेखा उपसचिब दिलाराम गिरीले जानकारी दिए ।
उनले भने तोकेको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलार्य कानुन बमोजिम काबार्हि गर्ने बताउनु भएको छ ।

दार्चुला सदरमुखकाम बाढीले बगाए पछि । बाढीको उच्च जोखिम्मा रहेका सदरमुखकाम हरुको सरकारले मुल्याङ्गन गरी यो जिल्ला पनि जोखिम्मा रहेका कारण ७२ सालबाट सदरमुखकाम चैनपुर बचाउँ अभियानमा तद्रबन्धन कार्यको लागी ७५ करौड २८ लाख १५ हजारको गुरु योजना पास गरी निमाण कार्य आरसिसि वाल (तद्रबन्धन)लगाएर ७८,उनासी साल भित्र सम्पन्न हुने गरी कार्य त्रिर्ब गतिमा चलिरहेको जलउत्पन्न बिभाग डिभिजन बैतडी प्रमुख रामरथ खरेलले जानकारी दिनुभएको छ ।

उनले भने अहिले सम्मको आकडाँ हेदाँ समयमै काम सम्पन्न हुन्छ भन्ने आसमा छौ पछि कुनै कारणबस ढिला सुस्ती भएपछि कामलाई आलटाल गर्न खोज्ने मान्छेलाई हामीले त केगथ्यौ , सरकारले नै छोड्दैन् डिभिजन प्रमुख रामरथ खरेलले बताउनु भएका बताउनु भएको छ ।

चारै तर्फबाट सेती नदी र बाउली खोलाले धेरेको सदरमुखकाम चैनपुर पानी परेको दिन कहाँबाट बगाएर लिन्छ भन्ने डरले सदरमुखकाम बासि राम्रो संग पानी परेको दिन सुत्न पाउदैनन् ।
बर्खा याम्मा नपत्याईने गरी बाउली खोला र सेती नदिमा पानीको बेग आउने गर्दछ , सो बेगलाई रोकथाम गर्नको लागी र सदरमुखकाम चैनपुर बचाउन तद्रबन्धन अभियान सुरु भएको छ ।

खोलालाई नियन्त्रण लिन सरकारले करौडौ लगानी लगाएको छ । यसको सहि ठाउँमा सहि सदुरपयोग होस् चैनपुर बचाउँ अभियानले (तद्रबन्धनले) सार्थकता पाओस् अहिले यहि छ सुभकामना ।

प्रतिक्रिया दिनुहोस्