आज एमाले–माओवादी एकता, निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी आजै दर्ता


काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्ततः अाज पार्टी एकताको घोषणा गर्ने भएका छन ।  एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको छ । अाज साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुनेछ ।

अाज विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा पार्टी एकीकरणमा सहमति जुटेसँगै पदीय भागवण्डा पनि मिलेको छ । नेताहरुले गरेको सहमति अनुसार भोलि नै एमाले–माओवादी विघटन गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता गरिने छ ।

पार्टीको चुनाव चिन्ह रहने विषयमा यस अघि नै सहमति भैसकेको छ । नेताहरुको बीचमा भएको सहमति अनुसारको भागवण्डामा केन्द्रीय कमिटीमा एमालेका २४१ र माओवादीका २०० जना सदस्य रहनेछन । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहनेछन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।