चिनियाँ मगन्तेबारे चासो


काठमाडौं, (नेस)
पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न रहने चिनियाँ नागरिकमाथि चीनले गम्भीर चासो लिएको छ।

काठमाडौं उपत्यकाका व्यस्त चोक र सडकमा मगन्तेका रूपमा चिनियाँ भेटिन थालेपछि सो मुलुकले चासो लिएको हो। त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर तत्काल कारबाही गर्न शुक्रबार चीनको वि

देश मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासलाई निर्देशन दिएको हो।
शुक्रबार नेपाल समाचारपत्रको प्रथम पृष्ठमा ‘काठमाडौंमा भेटिन थाले चिनियाँ मगन्ते’ शीर्षकको समाचार छापिएको थियो। त्यसपछि चिनियाँ विदेश मन्त्रालयले दूतावासलाई वास्तविकता बुझ्न र त्यस्तो किसिमको गतिविधिमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको दूतावासका एक उच्च अधिकारीले बताए।

‘मन्त्रालयले समाचारसँग जोडिएको वास्तविकता के हो भन्दै बुझ्न र विस्तृत रिपोर्ट बुझाउन भनेको छ।’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने। पर्यटक भिसामा नेपाल प्रवेश गर्नेमध्येका केही चिनियाँ सुकिला पोसाक र कतैचाहिँ विपन्न परिवारका झैं भएर चिनियाँ गीतसंगीत र आफ्नै मुलुकका वाद्यवादन बजाउँदै पैसा मागिरहेका भेटिन्छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।