ओझेलमा प्युठानको पर्यटन



सलिम अन्सारी, प्युठान । जिल्लामा ऐतिहासिक धार्मिक गन्तव्यहरुको प्रबर्द्धन नहुँदा पर्यटकिय बिकास हुन सकेको छैन।

कृषि,पर्यटन,उर्जा,कला र संस्कृतीको संभावनाले प्युठान भरिपुर्ण मानिन्छ।यद्धपी संभावित क्षेत्रमा लगानी हुन नसक्दा जिल्लाको आर्थिक बिकासले अपेक्षाकृत फड्को मार्न नसकेको हो।

पुर्वाधार र सरकारी योजना अभावले ग्रामीण क्षेत्रका पर्यटकीय स्थलहरु उपयोगविहीन अवस्थामा पुगेका हुन। पदमार्ग,होट्लवास,सुरक्षा व्याबस्था यातायात व्याबस्थापन छैन। होमस्टेको गुणस्तरिय व्याबस्थापन तथा बजारिकरण गर्न नसक्दा होमस्टे फस्टाउन सकेका छैन्न।

खानेबस्ने व्याबस्था नभएका कारण घुमफीरमा आउने पर्यटकलाई समस्या छ। बाह्रै महिना सिचाई हुने ठुलाबेशी देखि बरौला सम्म नदि छेउमा पर्ने खेतियोग्य जमिन बर्सेनि झिमरुक नदिले कटान गर्दै आएको छ।पछिल्लो समय अब्यबस्थित बसोबास र प्रभावकारी नदि नियन्त्रणको अभावमा उब्जाउभुमी मासिदै गएको हो।

जिल्लाको आर्थिक श्रोतको रुपमा रहेको कृषि क्षेत्रको ब्याबसायिककरण हुन सकेको छैन। सरुमारानिको अदुवा भट्मास, पिँडालु, मह, केरा र घर तरुल, अर्खाको जगली आलु, आहाल खोलाको रातोआलु, रातोमुला, स्वर्गद्धारी र तुषाराको सुन्तला, मरण्ठानाको कमला, डाम्री र लिघामा स्लेट खरवारी र चिउरी कृषिक्षत्रका संभावना हुन।पर्यटनको क्षेत्रमा जिल्लामा थुप्रै सम्भावना छन् ।

बर्जिवाङमा निर्माण गर्ने भनिएको चाल्नेटार विमानस्थल, भिङ्गृ–स्वर्गद्वारी केबलकार निर्माण ‘ चर्चामै सेलाएको छ । स्वर्गद्वारी–मल्लरानी–नौवहिनी–दिहाल्नाचौर–सरूमारानी लेकमा भ्यू टावर, धार्मिक एवम् मनोरम पर्यटकीयस्थल गौमुखी, ऐरावती, झाँक्रीस्थान, भित्रिकोट दरबार, धर्मावतीको गुफा, कालिका मन्दिर, जालपास्थान, गोरखपुरे भीर, ओखरकोट, तुषाराको स्नाथान, दिहाल्नचौर र लुङको ऐतिहासिक रिजाल बन्धुको कुलपूजा पर्यटन क्षेत्रका प्रमुख गन्तव्य हुन् ।

यी क्षेत्रको बृहत्तर विकासमा राज्यको ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–ढोरपाटन–मुक्तिनाथलाई पर्यटन ‘रूट’को विकास गरी यस क्षेत्रको विकाससमेत गर्न सकिने प्रशस्त सम्भावना छ । ‘पर्यटनको दृष्टिकोणले प्यूठान सम्बृद्ध छ’,नेपाल पत्रकार महासङ्घ प्यूठानका अध्यक्ष महाबिर रानाले भने, तर,’लगानी अभावले पर्यटन फस्टाउन सकेको छैन।’

जिल्लाको आर्थिक समृद्धिका लागि कृषि, ऊर्जा र पर्यटनमा लगानी बढाएर लाभ लिनका लागि राज्यसँगै निजि क्षेत्र र स्थानिय सरकारले सोच्नुपर्नेमा जोड दिए।पर्यटन सम्भावनाको उद्योग भएको भन्दै पर्यटनको विविधीकरण आवाश्यक रहेको रानाको भनाई छ।प्युठानमा १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजना संचालित छ। जिल्लामै विद्युत् उत्पादन भए पनि अझैसम्म यहाँ ठूला उद्योग, कलकारखाना सञ्चालन भने हुन सकेका छैनन् । झिमरुक र माडी दुई ठूला नदीसहित मच्छी, ठूलाबेंशी, गौमुखी, बाहाने, बाटुले र गर्तङखोलाबाट समेत साना तथा लघु जलविद्युत् उत्पादन गर्न सकिने प्रशस्त सम्भावना छ ।

यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन ।’‘ऊर्जाको क्षेत्रमा प्युठान हाइड्रो ‘हब’ बन्न सक्ने सम्भावना पनि उत्तिकै छ।जिल्लाका नदीनालाबाट विद्युत् उत्पादन गर्न सकेमा यसैबाट भएको रोयल्टीका कारण सरकारको ‘मुख ताक्न नपर्ने जानकारहरु बताउछन। जलविद्युत् आयोजना पूरा भएमा सिङ्गो देशको ऊर्जासङ्कट कम गर्न सकिने बलियो सम्भावना छ ।जिल्ला समन्वय समिती प्यूठानको पञ्चवर्षीय आवधिक योजनाले समेत जिल्लाको कृषि, पर्यटन र ऊर्जाक्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ।यद्यपि, देखिने गरी यी क्षेत्रको बृहत्तर विकास अझै हुन नसकेको सरोकारवाला निकाय बताउँछन् ।

ओखरकोटको पुरातत्व, इतिहास, संस्कृति, लोकगीत र नृत्य, जनजीवन, आर्थिक अवस्था, त्यहाँ वसोवास गर्ने जातिहरु,पर्यटन र ग्रामिण विकासका सम्भावना, वामपन्थी आन्दोलनको इतिहासबारे पुस्तक, लेख, उपन्यास, गीत, खण्डकाव्य, डकुमेन्ट्री,फोटोग्राफी रुचि भएका आन्तरिक पर्यटकहरुको लागी पुग्नै पर्ने थलो हो गौमुखी क्षेत्र । तिरामको किमिचौर दह,रजवाराको झाक्रीढुङ्गा,अर्खाको नाङ्गी लेक र बाईसमुल झरना,रानी कुवा नयाँ पर्यटकिय गन्तव्यका रुपमा देखापरेका छन।

प्युठानको महत्व स्वर्गद्धारीले बताउँछ। यस्को चर्चा विशेष नेपालमा भन्दा भारतमा बढी छ। बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्धारी पुग्ने गर्दछन् । । स्वर्गद्धारी पुग्नेहरुको मनोकाक्षा पुरा हुने विश्वास छ । स्वर्गद्धारी आश्रम महाप्रभुसँग जोडिएको छ । महाप्रभु अर्थात रोल्पा रुन्टीका हंशानन्द गिरीले विश्व कल्याणका लागि भन्दै अखण्ड धुनी सुरु गरेको स्थल हो स्वर्गद्धारी । १९५२ मा सुरु भएको त्यो अखण्ड धुनीको आगो अहिले सम्म बलिरहेको विश्वास स्वर्गद्धारीसंग छ ।

अग्नि कुण्ड यहाको मुख्य विशेषता हो । महाप्रभुले सुरु गरेको त्यो अखण्ड धुनीको आगोको दर्शन गरे मनोकांक्षा पुरा हुने विश्वास र छ । स्वर्गद्धारीको अर्को बिशेषता भनेको त्यहाँको गाईपालन हो । यहि आश्रममा संस्कृत शिक्षालय छ जहाँ देशका विभिन्न स्थानबाट आउने ‘बटुक’हरुलाई अध्यापन गराईन्छ । पर्यटकीय पूर्वाधार अभावले स्वर्गद्धारीको अपेक्षित् विकास हुन नसकेको सरोकारवालाहरुले महसुस गर्न थालेको छन् । अग्ला पहाडी श्रृखला, सयौ मठमन्दिर, दह पोखरी र प्राकृतीक गुफाहरु रहेको यश जिल्लामा बाइसी चौबिसे राज्यका दरवार समेत रहेका छन।

पर्यटन क्षेत्रको बिकासबाट जिल्लाको आर्थिक अबस्थामा सुधार गर्नुका साथै स्थानीय बासिन्दाको जिविकोपार्जनमा वृद्धि गर्न सकिने उद्योग बाणिज्यका अद्यक्ष ज्ञामुराम न्यौपानेले बताए।उनलेजिल्लाका प्रमुख पर्यटकीय संभावना भएको क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकास गर्नुपर्ने खाँचो औंल्याए।

प्रतिक्रिया दिनुहोस्