सिलवालविरुद्ध आफैंले मुद्दा दर्ता गर्दै महान्यायाधिवक्ता भण्डारी

0
Shares

नेपाल समाचारपत्र,  काठमाडौँ ।
नवनिर्वाचित एमाले सांसद नवराज सिलवाल विरुद्ध  सर्वोच्च अदालतमा कार्यसम्पादन मुख्याङकन किर्ते पेस गरेको भन्दै  महान्यायाधिवक्ता बसन्तराम भण्डारी आफैंले मुद्दा दर्ता गर्ने भएका छन् ।सिलवालविरुद्ध आजै काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गर्ने तयारी रहेको बताइएको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्यराज दाहाललाई सिलवाल विरुद्ध मुद्दा दर्ता गर्न महान्यायाधिवक्ता भण्डारीले दबाव दिएको भनिएको छ । दाहालले सिलवाल विरुद्धमात्र मुद्दा दर्ता गर्ने आधार नरहेको भन्दै अस्वीकार गरेका थिए । अबको हप्ता दिनभित्रै नयाँ सरकार आउने भएकाले सिलवाल विरुद्ध तत्काल मुद्दा दर्ता गर्ने हतारोमा महान्यायाधिवक्ता भण्डारी रहेको बताइएको छ ।

Skip This