महाशिवरात्री पर्वको तयारी

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित केदारनाथको शीर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाईने महाशिवरात्री पर्वको तयारी पुरा भएको छ ।डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज मन्दिर परिषरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै महाशिवरात्री पर्वलाई भव्य रुपमा मनाउन तयारी पुरा भएको मूल आयोजक समितिका संयोजक एवं विकास समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेतले बताउनुभयो ।

महाशिवरात्री पर्वका लागि भारतबाट आजसम्ममा २५० जना नागा बाबा एवं साधुसन्तहरु आईसकेको र आज साँझसम्म ५०० जना साधुसन्त आउने उहाँले जानकारी दिनुभयो । डोलेश्वर आएका नागा बाबा एवं साधुसन्तहरु समितिले नै खाने, बस्ने, धूनी बाल्न दाउराको व्यबस्था गरिएको समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

महाशिवरात्री पर्वमा डोलेश्वर आउने दर्शनार्थीका लागि विहान ४ बजेदेखि राती १२ बजेसम्म मन्दिरको चारै वटा ढोका खुल्ला गरेर दर्शनको व्यबस्था गरिने जानकारी दिनुभयो ।उहाँले पञ्चस्नान गर्न चाहने भक्तजनले रु. ११०० को रसिद काटेर दर्शन एवं पूजा गर्न र यसदिन चार प्रहर पुजामा सहभागि हुन चाहने भक्तपुरले रु. ११ हजार १११ को टिकट काटेर पूजामा सहभागि हुन पाउने व्यबस्था गरिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक मोहन बल्लले महाशिवरात्री पर्व सम्पन्न गर्न करिब रु. १० लाख खर्च हुने अनुमान गरिएको र पर्व सम्पन्न गर्न १ मूल समिति र ७ वटा विभिन्न उपसमितिहरु बनाईएको जानकारी दिनुभयो ।

Skip This