सोनाम ल्होछार सम्पन्न


 

काठमाडौँ। तामाङ समुदायको विशेष पर्व ल्होछार आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले आज भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना ग¥यो । आफ्नो परम्परागत वेशभूषाका साथ उल्लेख्य संख्यामा उपस्थित तामाङ समुदायका मानिसले साँस्कृतिक झाँकी तथा गीत संगीत प्रस्तुत गरेका थिए । उनीहरुले एकापसमा खानाका परिकारसँगै शुभकामना आदानप्रदान तथा खुशीयाली साटासाट गरेर पर्वलाई हर्षोल्लासका साथ मनाएका छन् ।

कार्यक्रममा नवनिर्वाचित सांसद शेरबहादुर तामाङ, पूर्वराजदूत कमानसिंह लामा, नेपाली काँग्रेसका नेता तीर्थ लामालगायत तामाङ समुदायका अगुवाको उपस्थिति थियो ।

ल्होछाररमा विशेष गरी पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, मासु, मदिरालगायत खानेकुरा खाने चलन छ । तामाङ समुदायका मानिसले १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गरी जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्छन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।