छिट्टै अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दै छौं



निजी क्षेत्रको अग्रणी हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयर दुई दशकको आन्तरिक उडानको अनुभवपछि अब अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको छ। पोखरालाई आधार बनाएर विदेशी पर्यटक भित्याउने योजना बनाएको कम्पनीका वर्तमान अवस्था, आगामी योजना तथा समग्र हवाई क्षेत्रका विषयमा नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठदीपेन्द्र थापाले गरेको कुराकानी ः

 


पछिल्लो समय नेपालको हवाई क्षेत्रमा लगानी बढ्दै गएको छ, के यो क्षेत्रको बजार बढेको हो ?
नेपाली हवाई क्षेत्रको बजार बढ्दै गएको छ, विशेष गरी तराई क्षेत्रमा हवाई यात्रु पनि बढिरहेका छन्। बुद्ध एयरको सन्दर्भमा यस वर्ष हवाई यात्रु वृद्धिदर
करिब ४० प्रतिशतले बढेको छ यो कति स्थायित्व छ÷छैन थाहा छैन। तर, हामीचाहिँ सस्टेन छांै।
विभिन्न कारणले उडान तालिका घटाएका ठाउँमा हामीले फेरि उडान थप गर्दै छौं। हामीले अगस्टसम्म दुई जहाज थप गर्दै छौं। फेब्रुअरी १५ तारिखदेखि १० वटा जहाज सञ्चालनमा ल्याउँदै छौं।

यतिबेला नेपालमा हवाई यात्रुको संख्या बढ्नु यात्रुको बाध्यता हो, कि नेपालीको जीवनस्तर बढ्नु हो ?
अहिलेको सन्दर्भमा दुवै हो। सडकको दुर्दशाले गर्दा पनि मानिस हवाई यात्रा गर्न बाध्य भएका छन्। अर्काे जहाजको संख्यामा वृद्धिसँगै बजारमा प्रतिस्पर्धा बढेर जाँदा हवाई टिकट सस्तो हुन थाल्यो। जसलाई यात्रुले अफोर्ड पनि गर्न सकेका छन्। विस्तारै बानी पनि पर्दै गएको छ। यसले गर्दा अब हवाई यात्रु नघट्लान्, अहिलेको संख्याले निरन्तरता नै पाउला।

प्रतिस्पर्धा बढ्नु राम्रो हो। तर, यात्रुले धेरै लाभ लिन नपाएको गुनासो पनि छ, वास्तविकता के हो ?
यात्रुले प्रशस्त लाभ लिएको अवस्था छ। किनभने उडान ढिला हुन्छ। मौसम र हवाई चापका कारणे कहिले उडान रद्ध हुँदा केही गुनासो आउँछ, पूर्वाधारको विकास नभएकाले पनि समस्या बढेको छ। सबै उडान र अवतरण त्रिभुवन
वीरेन्द्रबहादुर बस्नेत
प्रबन्ध निर्देशक, बुद्ध एयर
विमानस्थलबाट नै हुने भएकाले यहाँ धेरै चाप बढेको छ। यहाँ उडानको संख्यामा वृद्धि भएको छ। तर, यसको पूर्वाधार विकासमा भने कुनै काम हुन सकेको छैन। नेपालको योजनाकारहरूको योजना सोच्नुपर्ने भएको छ। यात्रुको र जहाजको वृद्धिदरसँगै पूर्वाधार विकास हुनुपर्यो। २० वर्षदेखि प्रगति भएको छैन आन्तरिक उडानमा प्रतिस्पर्धा नबढेको भए नेपालीलाई काठमाडौंबाहिर जानका लागि ठूलो समस्या हुन्थ्यो। त्यसो त अहिले पनि समस्या छ, जसले ३÷४ हजार रुपियाँको टिकट किन्न सक्दैनन् उनीहरूलाई समस्या छ। अहिले बाटोका कारण भैरहवा पुग्न १५ घण्टासम्म लाग्छ।

छिमेकी देशहरूको तुलनामा नेपालको हवाई भाडादर महँगो भएको गुनासो छ नि ?
‘स्टक्चर फियर’ मा महँगो छजस्तो लाग्दैन। जस्तै विराटनगर जान ३ हजारदेखिको टिकट मूल्य छ। माग र आपूर्तिको कुराले पनि टिकटको मूल्यमा फरक ल्याउँछ। अलि ढिलाको टिकट सस्तो पर्छ र चाँडोको महँगो पर्न जान्छ। छिमेकीको सन्दर्भमा अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उडान भन्ने कार्यक्रम ल्याउनुभएको छ। जसअन्तर्गत उहाँले भारतमा न्यूनतम २५ सय भारुमा प्याक ल्याउनुभएको छ। २५ भारु भनेको नेपाल ४ हजार हो। त्योभन्दा सस्तोमा पाइँदैन भन्नुभएको छ, यो कार्यक्रममा ११ हजार करोडको सहुलियत दिएको छ। नेपालमा बढी व्यस्त हुने समयमा केही महँगो हुने गरेको छ। जस्तै दशैंको टीकाको दिन काठमाडौं–विराटनगर ‘फुल फियर’ मा महँगो हुन्छ तर विराटनगरबाट काठमाडौं आउँदा एकदमै सस्तोमा टिकट पाइन्छ। हामीले त्यसलाई ‘डम्प फियर’ भन्छौं।
सरकारले टिकट मूल्यलाई तोकिएको दायराभन्दा बढी हुन दिँदैन। २–२ वर्षमा पुनःमूल्याङ्कन गर्ने भन्ने कुरा छ तर ४ वर्षभन्दा बढीमा रिभ्यु हुन्छ। सरकारले एउटा परिधिभित्र राखेर मूल्यसूची तयार पारेको छ। यसलाई महँंगो भन्न मिल्दैन। त्यसैले नेपालको हवाई टिकटको मूल्य अन्यको भन्दा एकदमै सुहाउँदो छ। सीमित दायराभन्दा बढी लिन मिल्दैन किनकि सरकारले नै यसलाई टाइट गर्छ।

अहिलेको सन्दर्भमा नेपालको हवाई यात्रा कतिको सुरक्षित छ त ?
नेपालको हवाई यात्रा नागरिक उड्डयन प्राधिकरणले सूक्ष्म ढंगले अनुगन र नियमन गर्ने भएकाले सुरक्षित नै भन्नुपर्छ। प्राधिकरणले अहिले एकदमै राम्रो अनुगमन गरेको छ। सुरक्षाका दृष्टिले पनि
विश्वका विकसित राष्ट्रको स्तरमा नै काम गरिरहेको छ।

नेपालको हवाई क्षेत्रमा समयमा उडान नहुने समस्या छ। बुद्ध एयरमा तुलनात्मकरूपले कम भए पनि पछिल्लो समयमा गुनासो बढेको छ। कारण के होला ?
यो सबै नेपाली एयरलाइन्सको समस्या हो। पहिलो कुरा मौसमका कारणले हुन्छ। जाडोमा ९÷१० बजेपछि मात्र एयरपोर्ट खुल्छ, मौसमका कारणले उडानको समय पछि धकेलिन्छ। अन्यको भन्दा त्रिभुवन विमानस्थलमा विमानको चाप बढी छ। उडानको चापले गर्दा पनि फ्लाइट डिले हुने गरेको छ। एयर ट्राफिको कन्जक्सन समस्याले पनि ढिला हुने गरेको छ। गतवर्ष १५ लाख यात्रुलाई सेवा प्रवाह गरेका छांंै, अर्काे वर्ष १९ लाख पुग्ला।

तपाईंको कम्पनी हवाई क्षेत्रमा प्रवेश गरेको लामो समय भइसक्यो, नेपालीको हवाई क्षेत्रमा एउटा उचाइमा पुगिसकेको स्थितिमा अब हवाई क्षेत्रलाई पुँजी बजारमा प्रवेश गराउने बेला भएन, यसबारेमा यहाँले के सोच्नुभएको छ ?
यस विषयमा बुद्ध एयरलाई धेरैले प्रश्न गरेका छन्। पुँजी बजारमा जानेबित्तिकै हामी शेयरधनी सिर्जना गर्छौं, शेयरधनीहरूको एउटै चाहना हुन्छ नाफा कमाउने। कम्पनीले जसरी पनि नाफा कमाउनुपर्छ। जस्तो अवस्थामा पनि बोनस बाड्नुपर्ने हुन्छ।
मेरो तर्कचाहिँ के हो भने पुँजी बजारमा नगएको अवस्थामा नै हामी मुनाफामा छौं, थप लगानीका निम्ति आर्थि रूपमा सबल छौं, अन्तर्राष्ट्रिय उडानको परिकल्पना गरिरहेका छौं। कुनै पनि साझेदारीबिना हामी यो तहमा पुगेका छौं। अहिलेको अवस्थामा नै हामी अन्तर्राष्ट्रिय बजारमा जाँदै छौं। हामी पुँजी बजारमा गएपछि शेयरधनीलाई बोनसका लागि काम गर्नुपर्ने हुन्छ। नगएको खण्डमा हामी आन्तरिक वृत्ति विकासमा लाग्छौं, नयाँ बोइङ ल्याउँदै छांै। हरेक २ वर्षमा कर्मचारीको तलब, सेवा, सुविधा वृद्धि गरिरहेका छांै। कम्पनीलाई चाहिने पूर्वाधारमा हामीले खर्च गरिरहका छौं।
शेयर लगानीकर्तालाई बोनस दिन नसकेको खण्डमा हाम्रो शेयर मूल्य पनि घट्छ र इमेज पनि बिग्रिँदै जान्छ। हामीले अहिले १ हजार कर्मचारीलाई पूर्ण सुविधामा राखेका छांै। हाम्रो डेढ अर्बको चुक्ता पुँजी भइसकेको छ। लाभांशको प्रचारबिना हामी अगाडि बढ्न सक्छौं भन्ने मेरो भिन्न धारणा हो।

नेपालको हवाई क्षेत्रमा नाफा र जनशक्तिको अवस्थाचाहिँ कस्तो छ नि ?
अरूको के छ भन्न सक्दिनँ, हामी शतप्रतिशत नाफामा छौं। हामीसँग सबै नेपाली जनशक्ति छ। त्यो पनि ग्लोबल स्टान्डर्डको
जनशक्ति रहेको छ।
सबै विमान कम्पनीका बारेमा म टीका–टिप्पणी गर्न सक्दिनँ। हामी आफैं दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा लागेका छौं। हामीले वार्षिक १० करोड रुपियाँ लगानी गरी दक्ष जनशक्ति तयार गर्दै छौं।

हवाई क्षेत्रमा जनशक्ति भित्याउँदा अन्डर टेबुलमा कारोबार पनि हुन्छ भन्ने सुनिन्छ, साँचो के हो ?
हाम्रोमा त्यस्तो छैन, जनशक्ति लिने बेलामा म आफैं बस्छु, हाम्रो यसमा कुनै गुञ्जायस छैन। हामीले विद्यार्थी तहबाट नै हामीलाई आवश्यक जनशतिm तयार गरिरहेका छौं। एक विमान बराबर ३ जना इन्जिनियर ७ टेक्निसियन १० पाइलट १५ क्याविन क्रु चाहिन्छ यसका लागि हामी आफंैले जनशक्ति तयार गर्छाैं।

बुद्ध एयरले आगामी दिनमा के गर्ने योजना बनाएको छ ?
हामी छिट्टै अन्तर्राष्ट्रिय उडानमा जाँदै छौं, हामीले आन्तरिक उडानमा दुई दशक पूरा गरेका छांै। अब हामी पूर्णरूपमा अन्तर्राष्ट्रिय उडानका लागि तयार भएका छौं। अब हाम्रो फोकस भनेकै पोखरा विमानस्थललाई बेस बनाएर अन्तर्राष्ट्रिय उडान भर्ने हो।
सन् २०२१ को जुनमा विमानस्थलको निर्माण सकिएपछि २५ लाख पर्यटक भित्याउन सकिने अध्ययनले देखाएको छ। त्यसअनुरूप सम्भावना कति भन्ने विषयमा थप अध्ययन गर्दै छौं। हामीले आगामी सेप्टेम्बर महिनाबाट भारतको कोलकत्तामा साताकोे तीन उडान गर्दै छांै। साताको १ सय ५० बंगाली पर्यटक भित्याउने हाम्रो लक्ष्य छ, यो योजना सफल भएको अवस्थामा अरू विमान ल्याएर उडान थप गर्छाैं। रिजल्ट आएपछि हामीलाई थप योजना बनाउन गर्न मद्दत गर्छ। सन् २०१९ सम्म हामी भारतका अरू स्थानमा पनि पुग्ने हाम्रो लक्ष्य छ। वर्षको ६ करोड भारतीय पर्यटकका रूपमा विभिन्न स्थानमा जान्छन्। यो नै हाम्रो लागि ठूलो बजार रहेको छ। पोखराको विमानस्थल सञ्चालनमा आएपछि वार्षिक २० लाख सिटको योजना बनाएका छौं।
पुँजी बजारमा नगएको अवस्थामा नै हामी मुनाफामा छौं, थप लगानीका निम्ति आर्थिकरूपमा सबल छौं, अन्तर्राष्ट्रिय उडानको परिकल्पना गरिरहेका छौं। कुनै पनि साझेदारीबिना हामी यो तहमा पुगेका छौं। अहिलेको अवस्थामा नै हामी अन्तर्राष्ट्रिय बजारमा जाँदै छौं। पुँजी बजारमा गएपछि शेयरधनीलाई बोनसका लागि काम गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्