स्कुल बस दुर्घटनामा एकको मृत्यु, दुई घाइते

0
Shares

नेपाल समाचारपत्र, चितवन ।
मुग्लिन मलेखु सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित पानीधारा भन्ने स्थानमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ग १ ख ५७३१ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको बा १ ख ५५५० नम्बरको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बसमा सवार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको छ । बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर इते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

गाडीमा सवार सोही गाउँपालिका वडा नम्बर ४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नम्बर ३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएका छन्। श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।

ट्रक र बस दुवै सडकबाट करिब ५०–६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ। ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ।

Skip This