लालुलाई ३ वर्ष जेल सजाय


राँची, (एजेन्सी)। भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिलामा साढे तीन वर्षको सजाय तोकेको छ।

यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ। उनलाई उक्त सजाय भिडियो कन्फ्रेन्सको माध्यमबाट सुनाइएको हो। अदालतले साढे तीन वर्षको जेल सजायसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ। यो सजायमा यादवले कुनै पनि अदालतबाट जमानत पाउने छैनन्। राँचीमा यादवका वरिष्ठ वकिल प्रभात कुमारले उक्त फैसलाविरुद्ध उच्च न्यायालयमा अपिल गर्ने बताउनुभएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।