दुर्गा तिवारीको हत्या गरेका मनोज पुनले देवदहमा ब्यापारी मारे



यमलाल भुसाल, बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा वडा नम्बर २ मा गोली प्रहारबाट एक जना व्यापारी को हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह २ ढेकारका बलु पौडेल माथि गोली प्रहार भएको र गम्भिर अवस्थामा उपचारका क्रममा लुम्बिनी अंचल अस्पतालमा उनको मृत्यु भएको हो । विहान सवा ११ वजे पौडेललाई टाउकोमा गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
इप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक पवन कुमार भट्टराइका अनुसार ३५ वर्षिय पौडेल फर्निचर ब्यवसायी हुन । मोटर साइृकिलमा गोली प्रहार गर्ने दुइ जना धकधइतीर भागेको खबर आएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
नेकपा एमाले क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेलका छोरा बलु एमालेको भातृ संगठन यवा संघका कार्यकर्ता रहेका थिए ।
देवदहमै यस अघि युवा संघका नेता दुर्गा तिवारीको गोली हानी हत्या भएको थियो ।
दुर्गा तिवारीको हत्या गर्ने मनोज पुनले नै पौडेललाई गोली हानी हत्या गर्न लगाएको भनी मलेसियावाट रुपन्देहीका संचारकर्मीलाई फोन गरि बताएका छन ।
मलाई धेरै दुख दिएको मईले भन्दा पनि नसुधिएकोले हत्या गर्न मेरा साथीहरुलाई पठाएको हु भन्दै मनोजले संचारकर्मीलाई बताएका छन ।

प्रतिक्रिया दिनुहोस्