फोहर नउठ्दा दिपायल बजार दुर्घन्धित

0
Shares

विमल विष्ट, डोटी ।
डोटीको क्षेत्रीय सदरमुकाम दिपायलको प्रमुख ब्यापारी केन्द्र पिपल्ला बजारको फोहर नउठादा बजार दिनानु दिन दुर्घन्धित हुदै गएको छ । दिपायल राजधानी तोक्न माग गर्दै स्थानियहरुले तिन दिन देखी बजार बन्द गरेपछि यहाँको फोहर उठाउन बन्द भएको हो । आन्दोलनकारीहरुले सडकमा बालेका टायर तथा अन्य बजार क्षेत्रमा निस्किएको फोहर नहटाउदा यहाँको बजार दुर्घन्धित भएको स्थानियबासी खेम बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘सडकमा बालिएका टायरको फोहर र धुवाले बजार पुरै कालो हुनाको साथै स्थानियका हात मुख समेत काला हुने गरेका छन्,टायरको फोहर नफालिए रोग लाग्न सक्ने सम्भावना रहेको छ ।’

बजार क्षेत्रमा निस्किने फोहर पनि जथाभाबी फालिएका कारण बजार र्दुगन्धित हुदै गएको छ । दिपायल राजधानीको माग गर्दै स्थानियहरु राती समेत सडकमा टायर बालेर बिरोध गर्न थालेका छन् । सडकमा बालिएका टायरका धुलो र धुवाले मानिसहरुमा प्रतक्ष असर पर्न थालेको महाकाली पोलिकिल्निकका प्रमुख पदमसिंह महराले बताउनु भयो । उहाँले भन्नु भयो ‘मानिसको शरिरमा प्रतक्ष असर गर्ने भनेको टायर बालेको मुस्लो हो,शरिर बचाउने हो भने टायर नबालेकै राम्रो ।’
आन्दोलनकारीहरुले गरेको फोहरका कारण बजारको स्वरुपनै फेरिन थालेको छ ।

दिपायल राजधानी नतोकिदा सम्म आफुहरुले सडकमा टायर बाल्ने तथा अन्य बिरोधका कार्यक्रमहरु फिर्ता नलिने आन्दोलनकारीहरुको माग रहेको छ । बन्दका कारण डोटीको जनजिवन प्रभाबित हुदै गएको छ । बन्दले यहाँका शैक्षिक संघ संस्था,उद्योग,कलकारखाना तथा सरकारी गैरसरकारी कार्यालय पुर्ण श्रपमा बन्द भएका छन् ।