गाईको मासुसहित ४ जना पक्राउ

94
Shares

हेटौंडा, (नेस) । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७, कान्द्राङ बस्ने ४८ वर्षीय शंकर भोम्जनसहित ४ जनालाई गाई काटेको अभियोगमा आइतबार विहान करिब १० बजे प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित सन्तबहादुर राईको सिरुवारीमा बञ्चरोलगायत हतियार प्रयोग गरेर गाई काटिरहेको अवस्थामा गाईको मासुसहित ४३ वर्षीय राजकुमार सिन्ताङ, ४६ वर्षीय प्रेमबहादुर लोप्चन र ४८ वर्षीय जयबहादुर नेगीलाई प्रहरीले ढक तराजुसहित पक्राउ गरेको हो ।
पहिलेदेखि नै गौहत्या हुने गरेको र सुराकीका आधारमा असई जयप्रकाश पाण्डेको नेतृत्वमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।
हिन्दुको प्रतीक तथा राष्ट्रिय जनावर गाई मार्ने गौहत्याका दोषीलाई प्रहरीले हिरासतमा लिएको छ । हिन्दुको धर्म संरक्षणसँगै राष्ट्रिय जनावर गाई संरक्षणको माग राखिएको छ ।