काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन । एमाले र माओवादीका विद्यार्थी संगठन र युवा संघले सोमबार दिउँसो प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई भेटेर जतिसक्दो चाँडो नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन । भारतीय योजना र नेपाली कांग्रेसको निर्देशनमा वाम गठबन्धन फुटाउने, नयाँ सरकार बन्न नदिने र मुलुकलाई अस्थिरतातर्फ धकेल्न विभिन्न शक्तिहरु लागिरहेको अवस्थामा निर्वाचन आयोगले नै निर्वाचनको परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै उनीहरुले प्रमुख आयुक्तको ध्यानाकर्षण गराए । संघीय संसदको राष्ट्रियसभामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था निर्वाचन ऐनले गरेको भन्दै ती संगठनले तत्काल प्रतिनिधिसभाको सिट बाँडफाँट गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।











प्रतिक्रिया