ताप्लेजुङमा राष्ट्रिय पोशाक जोगाउ अभियानमा युवा

0
Shares

रविन भट्टराई, ताप्लेजुङ । नेपाली पोसाक प्रति नेपालीहरुको नै आकर्षण घट्दै गएको भन्दै ताप्लेजुङका युवाहरुले सोमबार (आज) ताप्लेजुङमा राष्ट्रिय पोशाक सहित ¥यालीको आयोजना गरेका छन् ।

नेपाली संस्कृतिलाई संक्रमणबाट जोगाउन ‘नेपाली पोसाक’ पहिरीएर विभिन्न जात जातिको झाँकि सहित ¥यालिले सदरमुकाम फुङ्लिङ परीक्रमा गरेको थियो ।

सो ¥यालिमा व्राह्मण, लिम्बु, दमाई, क्षेत्र, लगायत जिल्लामा रहेका विभिन्न जात जातिहरुले राष्ट्रिय पोशाक सहित आफ्नो संकृती पनि प्रदर्शन गरेका छन् । यालि पछि सदरमुकामको प्रवेसद्धार तोक्मेडाँडामा जिल्ला समन्वय समिति सभापति धनेन्द्र मादेनले राष्ट्रिय झण्डा फहराउनुभएको थियो ।

आजै नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवस पनि परेकाले सहभागि सबैले पुरुषहरुले नेपाली टोपि लगाएका थिए । स्वामी राजानन्द असहाय कल्याणकारी संस्था नेपाल (श्रद्धावन) ले सुरु गरेको ‘प्रस्तावित नेपाली पोसाक दिवस’ को पाँचौ दिवस स्वरुप पनि राष्ट्रिय पोशाक प्रवर्दन समिति निर्माण गरी ताप्लेजुङमा यो कार्यक्रम गरीएको श्रद्धावन नेपालका सदस्य सुजुप सुवेदिले जानकारी दिए ।

¥याली पछि सामुदायिक भवनमा आयोजित औपचारीक कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी, फुङ्लिङ नगरपालीकाका मेयर लगायतले राष्ट्रिय पोसाकको महत्वका विषयमा आफ्नो धारणा राखेका छन् ।

वामी राजानन्द असहाय कल्याणकारी संस्था नेपाल (श्रद्धावन)ले प्रत्योक वर्षको १७ पुसमा ‘प्रस्तावित नेपाली पोसाक दिवस’ मनाउन सुरु गरेको थियो ।