खलंगामा सातामा ४ उडान, चौरजहारीमा हवाई यातायात ठप्प

0
Shares

धनवीर दाहाल, रुकुम । पश्चिम रुकुमको चौरजहारीमा ८ महिना देखि हवाई यातयात सेवा वन्द भएको छ । गएको जेष्ठ दोस्रो साता देखि हवाई यातायात सेवा ठप्प भएको हो । सातामा २ वटा उडान भर्दै आएको चौरजहारी विमानस्थलमा हवाई यातायात सेवा वन्द हुँुदा यात्रुहरु मर्कामा परेका छन । देशको १० नयाँ शहरको सुचीमा परेको चौरजहारी विमानस्थलमा नियमित उडान सेवा वन्द भए संगै विरामीहरु त्यसको प्रत्यक्ष मारमा परेका छन । चौरजहारी अस्पताल वाट नेपालगञ्ज र काठमाडौका लागी रेफर गरीएका विरामीहरु हवाई यातायात सेवा नहुदा गाडी प्रयोग गर्नुपर्ने अवस्था रहेको छ । हवाई यातायात सेवा वन्द भएकै कारणले गर्दा गम्भीर प्रकृतिका विरामीहरुको स्वास्थ्य अवस्था जोखिममा राखेर गाडी प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको स्थानिय नाराण प्रसाद आचार्यले जानकारी दिनुभयो । टुईनेटरको संख्यामा कमि र पाईलटहरु विदेश गएकोले चौरजहारी विमानस्थलमा हवाई यातायात सेवा वन्द भएको नागरिक उडयन प्राधिकरण लाई उद्धृत गर्दै चौरजहारी स्टेशनका निमित्त प्रमुख सुरेन्द्र नेपालीले वताउनुभयो ।
तर पछिल्लो समयमा आएर ८ महिना वितिसक्दा पनि हवाई उडान सेवा सुचारु हुन सकेको छैन । निमित्त प्रमुख नेपालीले यसवारेमा आफुले केन्द्रमा वुझदा यात्रुहरुको संख्या नभएकोले उडान कटौति गरेर सदरमुकाम खलंगा सल्ले विमान स्थलमा उडान थप गरीएको जानकारी दिनुभयो । चौरजहारी स्टेशनलाई नवुझेर उडान सेवा कटौति गर्नुले जाजरकोट सल्यान र चौरजहारी वासीलाई मर्कापरेको उहाँको भनाई छ । यसअघि वुधवार काठमाडौं चौरजहारी नेपालगञ्ज र विहिवार नेपालगञ्ज चौरजहारी काठमाडौं गरी सातामा २ दिन चौरजहारी विमानस्थलमा हवाई सेवा संचालन रहेको थियो । कालोपत्रे गरीएको पक्की हवाई मैदान र जिल्लाकै नमुना चौरजहारी विमानस्थलमा हवाई सेवा वन्दहुनुले स्थानिय वासीहरु समेत मर्कामा परेका छन । सल्यान र जाजरकोट जिल्लाका यात्रुहरुको लागी भरपर्दाे सेवाको रुपमा रहेको चौरजहारी स्टेशनमा हवाई यातायात सेवा वन्द गरेर यात्रुहरुलाई हवाई सेवा वाट वन्चित गरीएको नगर प्रमुख विशाल शर्माले वताउनुभयो । देशको नमुना शहरको रुपमा स्थापित चौरजहारीमा हवाई यातायात सेवा नियमित हुनुपर्ने कुरामा प्रमख शर्माले जोड दिनुभयो ।
मुसिकोटमा भने हप्तामा ४ उडान

सातामा २ वटा फलाईट भर्ने मुसिकोट सल्ले विमानस्थलमा हाल चौरजहारी स्टेशनको सेडुल कटौती गरेर हप्तामा ४ वटा फलाईट कायम गरीएको छ । नेपाल वायुसेवा निगमले शोमबार देखी हप्तामा चारवटा उडान भरेको हो । यस भन्दा अघि आइतवार काठमाडौं –रुकुम–नेपालगञ्ज र सोमवार नेपालगञ्ज–रुकुम–काठमाडौं उडान भर्दै आएको थियो । नेपाल वायु सेवा निगम रुकुम सल्ले स्टेशनका अनुसार अब थप बुधवार काठमाडौं–रुकुम–नेपालगञ्ज र बिहिवार नेपालगञ्ज–रुकुम–काठमाडौ उडान भर्ने छ । उडान थप भएपछि यहाँका यात्रुहरुहरुलाई थप सहज हुने छ । हप्तामा दुईवाट मात्र उडान हुँदा यहाँका यात्रुहरु सवारी साधन प्रयोग गरेर गन्तव्यमा पुग्न वाध्य थिए । उडान थप भएसंगै यहाँका वासिन्दाहरु खुशी भएका छन् । यात्रुरुहरुको माग धेरै आएपछि उडान थप गरिएको नेपाल वायु सेवा निगम रुकुम सल्ले स्टेशनले जनाएको छ ।